सारुकको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अभिनेता सारुक ताम्राकारको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिने भएको छ । उहाँको निधन भएको १४औं दिनमा बुधवार बौद्धस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गर्न लागिएको हो ।

सारुकको सम्झनामा हुन लागेको दीप प्रज्वलनको अभिनेत्री सृष्टि श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । साँझ ६ बजेदेखि ७ बजेसम्म गरिने दीप प्रज्वलनमा कलाकर्मीको सहभागिता रहने जनाइएको छ । सारुकको आत्महत्याको विषयमा उचित छानविनका लागि लागि विभिन्न कलाकारले सामाजिक सञ्जालबाट माग गरिरहेका छन् । प्रहरीले सारुकले आत्महत्या गर्नुको कारण पत्ता लगाउन उनको मोबाइल जाँचबुझदेखि अन्य अनुसन्धान गरिरहेको छ ।

ADVERTISEMENT

दयाराम दाहाल निर्देशित चलचित्र ‘रानी’बाट अभिनय यात्रा सुरु गर्नुभएका सारुक पछिल्लो समय ‘हृयासट्याग माया’को छायांकनमा हुनुहुन्थ्यो । मृत भेटिएको दिन पनि उहाँ छायांकनबाटै घर फर्किनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?