मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले ‘क्लस्टर बम’जस्ता हतियार प्रयोग गर्ने हो भने जवाफ दिन आफ्नो देशसँग पनि पर्याप्त त्यस्ता हतियार रहेका बताउनुभएको छ ।
युक्रेनले संयुक्त राज्य अमेरिकाबाट क्लस्टर हतियार प्राप्त गर्न थालेको सन्दर्भमा तत्क्षण विष्फोट हुन नसक्ने क्लटर बमले नागरिकहरूमा निम्त्याउने दीर्घकालीन जोखिमप्रति सर्वत्र र चिन्ता चासो व्यक्त भएको छ । अमेरिकाले निर्यात गरेका विवादास्पद हतियारहरू लामो समयसम्म विष्फोट नभई त्यसै रहने हुँदा त्यो जनसाधारणका निम्ति गम्भीर जोखिम हो ।
‘रसियासँग विभिन्न प्रकारका क्लस्टर हतियारको पर्याप्त भण्डार छ’, राष्ट्रपति पुटिनले एक सरकारी टेलिभिजनका पत्रकारलाई भन्नुभएको छ । उहाँले भन्नुभयो, ‘यदि क्लस्टर बम हाम्राविरुद्ध प्रयोग भएमा त्यसको बदलामा हामी पनि जवाफ दिन सक्छौ, त्यो हाम्रो अधिकार हो, देशलाई त्यस्ता हतियार आवश्यक परे पनि अहिलेसम्म हामीले त्यसको प्रयोग गरेका छैनौं ।’
रुसले युद्ध मैदानमा क्लस्टर हतियार प्रयोग गरेको आरोप हृयुमन राइट्स वाच र युक्रेनी सेनाले लगाएका छन् । क्लस्टर हतियारमाथि धेरै देशले प्रतिबन्ध लगाएका छन् । विशेषगरी युरोपमा त्यो अवैधानिक मानिन्छ । ओस्लो महासन्धिअनुसार पनि त्यसको प्रयोग गैरकानुनी हो । तर दुःखको कुरा रूस, अमेरिका र युक्रेन उक्त महासन्धिका पक्षराष्ट्र होइनन् ।
यसैबीच, मानवतावादी संस्थाहरूले क्लस्टर हतियारको प्रयोगका निन्दा गरेका छन् । उनीरूले युक्रेनलाई त्यस्ता हतियार उपलव्ध गराउने अमेरिकी निर्णयको पनि भत्र्सना गरेका छन् । यद्यपि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई त्यस्ता हतियार उपलब्ध गराउने कठिन निर्णय आफूबाट भएको बताउनुभएको छ । युक्रेनको रित्तिएको गोलाबारुद भण्डारलाई भरथेगका निम्ति अप्रिय निर्णय गर्नुपरेको उहाँले सार्वजनिक रुपमा भन्दै आउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts