घोराही सिमेन्टको आइपीओ बाँडफाँट, लगानीकर्ताले ८० कित्तासम्म पाए सेयर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । घोराही सिमेन्टको आइपीओ आइतबार बाँडफाँट भएको छ ।

यसमा रितपूर्वक आवेदन दिएका सबै ५ लाख ५७ हजार ७०१ जना लगानीकर्ताहरुलाई सेयर दिइएको छ । यसमध्ये १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई मागअनुसार सेयर बाँडफाँट गरिएको छ । यसैगरी, ८० कित्तादेखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले सेयर पाएका छन् ।

ADVERTISEMENT

यसरी बाँडफाँट गरी बाँकी रहेको ६ हजार ९१० कित्ता सेयर गोलाप्रथामार्फत बाँडफाँड गरिएको छ । जसअनुसार ८० कित्तामाथि आवेदन दिएका ४ हजार ६५७ जना मध्येबाट ६९१ जनालाई १० कित्ताका दरले थप सेयर दिइएको छ । उनिहरुको भागमा ८० कित्तासम्म सेयर परेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ जारी गरेको थियो ।

फर्जी आवेदनका कारण असार ४ गतेदेखि रोकिएको आवेदन असार २२ गतेदेखि पुनः खुला भएर असार २५ गते बिक्री बन्द भएको थियो । लगानीकर्ताले आइपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ  र हिमालयन क्यापिटल तथा निष्कासनकर्ता कम्पनी घोराही सिमेन्टको वेबसाइटबाट हेर्न सक्नेछन् । यस्तै, मेरोसेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?