सिड्नी–दिल्ली उडानमा एयर इन्डियाका अधिकारीलाई यात्रीले हाने थप्पड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

नयाँदिल्ली । एक हवाई यात्रुसँग अभद्र व्यवहारको अर्को घटना बाहिर आएको छ ।

सिड्नी–दिल्ली उडानमा सवार एयर इन्डिया (एआई) का एक वरिष्ठ अधिकारीलाई कथित रूपमा दुर्व्यवहार र कुटपिट गरिएको थियो।

सिटमा गडबडीका कारण बिजनेस क्लासबाट इकोनोमी क्लासमा झरेका एयर इन्डियाका अधिकारीले चर्को स्वरका कारण सहयात्रीलाई रोक्न खोज्दा उक्त घटना भएको स्रोतले जनाएको छ ।

ADVERTISEMENT

शारीरिक आक्रमणको बाबजुद एयर इन्डियाका चालक दलका सदस्यले अनियन्त्रित यात्रुलाई नियन्त्रण गर्न संयम उपकरण प्रयोग गरेनन ।

एक विज्ञप्तिमार्फत एयर इन्डियाका प्रवक्ताले भने, ‘जुलाई ९ मा सिड्नी–दिल्ली सञ्चालन गर्ने उडानमा एक यात्रुले मौखिक र लिखित चेतावनीको बाबजुद, उडानको क्रममा अस्वीकार्य व्यवहार गरे, जसले अन्य यात्रुहरूलाई असुविधा भएको थियो, जसमा हाम्रा एक कर्मचारीमाथी पनि हातपात भयो ।’

विमान दिल्लीमा सकुशल अवतरण गरेपछि यात्रुलाई सुरक्षा निकायलाई सुम्पिएको र पछि यात्रुले लिखित रूपमा माफी मागेको एयरलाइन्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?