काठमाडौं-१३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका-१३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ । शनिबार काठमाडौं विष्णुमती करिडोरस्थित नीलवराहीको टंकेश्वर वडा नम्बर १३ मा वृक्षारोपण गरिएको हो ।

स्व.मदन भण्डारीको ७२औँ स्मृति दिवस पारेर काठमाडौं उपत्यकालाई सहरीकरण, सौन्दर्यकरण र सुविधाको सहर बनाउने अभियानअन्तर्गत वातावरण सुन्दर होस् र कोही पनि भोको रहनु नपरोस् भन्नका लागि सहरी सौन्दर्यीकरण बढाउन र खाद्य सम्प्रभुताको विषयलाई पनि आम जनताको बीचमा चेतना फैलाउन यो अभियान सञ्चालन गरेको हो ।

ADVERTISEMENT

वृक्षारोपण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयालले वातावरण, नदी, सम्पदा संरक्षणको क्षेत्रमा, सुविधा उपलब्ध गराउने क्षेत्रमा वृक्षारोपणको कार्यक्रम राखेको बताउनुभयो । उक्त क्षेत्र काठमाडौं उपत्यकाको पिछडिएको क्षेत्र भएकाले सो क्षेत्र प्रवद्र्धनका लागि वृक्षारोपण गरेको बताउनुभयो । वातावरण संरक्षणका साथै नदी संरक्षणका लागि पनि पहल गरेको बताउनुभयो । उहाँले अब काठमाडौं सहर संरक्षणको काममा सबैले हातेमालो गर्न जरुरी रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *