किभ । रूसी सेनाले आफ्नो भूमि नछोडेसम्म मस्कोसँग वार्ता नगर्ने युक्रेनले स्पष्ट गरेको छ । युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुखले शुक्रबार रूसी सैनिक युक्रेनबाट बाहिरिएपछि मात्र वार्ताका बारेमा विचार गर्न सकिने बताएका छन् । युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येर्माकले रूसी सेनाले युक्रेनी भूभाग छोडेपछिमात्र वार्ताका बारेमा विचार गरिने पत्रकारलाई बताएका छन् ।
यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले रसियालाई अर्को हप्ता समाप्त हुने खाद्यान्न आपूर्ति सम्झौताको अवधि बढाउन दबाब दिँदै यदि त्यसो नभएमा विकासोन्मुख विश्वले क्षति भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनले युक्रेनमा मस्कोको आक्रमणबाट उत्पन्न भएको विश्वव्यापी खाद्य संकटलाई कम गर्न युक्रेनी अन्नको निर्यात अनुमति दिने सम्झौता नवीकरण गर्न सहमत भएको बताउनुभयो । रासस/एएफपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts