सोल । दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सातजनाको मृत्यु भएको छ भने अन्य तीनजना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आहृवान गरिएको छ ।
पछिल्ला तीनदिनमा लगातार परेको भारी वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् । स्थानीय सञ्चारमाध्यमले गोसानको केन्द्रीय काउण्टीका छ हजार चार सयभन्दा बढी बासिन्दालाई शनिबार बिहान घर खाली गर्न आदेश दिइएको जनाएका छन् ।
बाढीपहिरोका कारण अहिलेसम्म सातजनाको मृत्यु भएको अभिलेख रहे पनि त्यो अझ बढ्नसक्ने बताइएको छ । पहिरो र भवन भत्किँदा सातजनाको मृत्यु भएको हो । उत्तरी ग्योङसाङ प्रान्तमा खोलाले बगाउँदा तीनजना बेपत्ता भएका छन् ।
कोरिया रेलरोड कर्पोरेसनका अनुसार सबै नियमित रेल सेवा राष्ट्रव्यापी रूपमा बन्द गरिएका थिएभने केही ‘बुलेट ट्रेन’ समयतालिका समायोजन गरी सञ्चालन भएका छन् ।
प्रधानमन्त्री हान डक-सूले विपद् व्यवस्थापन निकायका अधिकारीहरूलाई आपत्कालीन सेवा प्रवाह तथा विपद् प्रतिकार्यलाई गति दिन आग्रह गर्नुभएको छ । उहाँले रक्षा मन्त्रालयबाट सञ्चालन हुने उद्धार कार्यमा सघाउन सम्बद्ध निकायलाई निर्देशन पनि दिनुभएको छ । रासस÷एएफपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements