किभ । बिहीबार बिहानै रुसी सेनाले युक्रेनका धेरै सहरहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको छ ।
यी आक्रमणमा परेर तीन जनाको मृत्यु भएको जनाईएको छ ।
समाचार अनुसार राजधानी कीभमा मात्रै दुई दर्जनभन्दा बढी ड्रोन आक्रमणहरू भएका थिए, जसमध्ये २० ड्रोन युक्रेनमा तैनाथ गरिएको वायु रक्षा प्रणालीले खसालेका थिए। पछिल्लो रुसी आक्रमणमा कीभमा चार जना घाइते भएका छन् र धेरै घरहरू ध्वस्त भएका छन्। ड्रोन आक्रमणमा युक्रेनको उत्तरमा दुई जनाको मृत्यु भएको छ भने दक्षिणमा एक जनाको मृत्यु भएको छ ।
उता, रुसी सेनाले ठूलो संख्यामा युक्रेनी नागरिकलाई बन्दी बनाएर युद्धको मोर्चामा खाडल खन्न बाध्य पारेको जनाईएको छ । युक्रेनी सेनालाई यी खाडलहरूबाट घेरेर आक्रमण गरिएको थियो ।
लिथुआनियामा नेटो शिखर सम्मेलन सकिएको केही घण्टापछि आक्रमण भएको हो।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts