काठमाडौं । एनआइसी एसिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँचजना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाखका दरले ५० लाख हस्तान्तरण गरेको छ ।
बैंकका विभिन्न शाखामा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बिमा रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बिमा लाभ प्राप्त गर्ने चितवनस्थित बसेनी शाखामा खाता खोल्नुभएका मृतक देवेन्द्रप्रसाद बछाडका भाइ राजनप्रसाद बछाड, रूपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोल्नुभएका मृतक सम्राट खनालका बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोल्नुभएका मृतक आशिष थारुका बुबा दुल्लुराम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोल्नुभएका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमादेवी घिमिरे दाहाल र स्याङ्जास्थित कृषि शाखामा खाता खोल्नुभएका मृतक कृष्णप्रसाद भण्डारीकी श्रीमती टंकीदेवी भण्डारी हुनुहुन्छ ।
बिमासहितको निक्षेप योजनाअन्तर्गत हालसम्म तीन हजार एक सय १६ जना ग्राहकलाई नौ करोड ४० लाखभन्दा बढी बिमादाबी रकम हस्तान्तरण भइसकेको बैंकले जनाएको छ ।
जसमध्ये घातक रोग बिमाबापत २८ जनाले तीन करोड, दुर्घटना बिमाबापत १७ जनाले एक करोड ७० लाख र मेडिकल बिमाबापत तीन हजार ७१ जनाले चार करोड ७० लाखभन्दा बढी रकम प्राप्त गरेका हुन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts