‘स्वदेशी’ र दराजबीच सहकार्य 

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)को मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन बजार दराजबीच स्वदेशी अभियानमा आबद्ध सदस्यका उत्पादन प्रवद्र्धन गर्न समझदारी भएको छ । मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा सिएनआईद्धारा सञ्चालित अभियान हो ।

स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य लक्ष्यका साथ सिएनआईले सन् २०२१ देखि ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालन गर्दै आएको छ ।

ADVERTISEMENT

सिएनआईले स्वदेशी अभियानमा जोडिएका उद्योगका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने, कामदारको सीप अभिवृद्धि गर्ने जस्ता काम गर्दै आएको छ । समझदारी अनुसार दराजले आफ्नो अनलाइन पोर्टलको ‘प्राउड्ली नेपाली च्यानल’ मा स्वदेशी सेक्सन बनाउने छ र स्वदेशी सदस्यले आफ्ना वस्तु उक्त सेक्सनमा राख्न पाउनेछन् ।

साथै दराजले स्वदेशीको प्रवद्र्धन गर्ने अन्य उपाय तथा सुविधा दिनेछ । स्वदेशी अभियानमा आबद्ध सदस्यलाई बजारीकरण तथा नेटवर्किङमा सहयोग गराउने उद्देश्यले दराजसँग समझदारी गरिएको सिएनआई अध्यक्ष राजेशकुमार अग्रवालले बताउनुभएको छ । समझदारीमा सिएनआईका महानिर्देशक दीपकराज जोशी र दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज