श्रावण महिनाको जात्रा तथा पर्वहरू

Read Time = 21 mins

-इन्द्रबहादुर शाक्य
२०८० साल मलमास (अधिक मास) परेको हुनाले चाड पर्वहरू श्रावण २ गतेदेखि पछि सरेका छन् । २०८० साल वैशाखदेखि श्रावण १ गतेसम्म केही फरक छैन । श्रावण २ गतेदेखि मलमास (अनाला) पर्ने भएकाले यसपालिका चाड पर्वहरू पछि सरेका छन् । साउनमा पर्ने पर्वहरू सबै भदौमा पर्न गएका छन् । भदौ महिनामा तिथि सबै चन्द्रमासबाट सुरु हुनेभएकोमा तलमाथि हुन गएको हो । मलमास परेकाले यस वर्षमा १३ महिना हुन गएको छ । मलमास नभएको बेला १२ महिना हुन्छ । मलमास पर्ने महिना वा बेला कुनै पनि देवी देवताका पूजा गर्नु र चाड पर्व मान्नु हुँदैन भन्ने मान्यता परापूर्वकालदेखि रहिआएको छ । यो लेख मलमास नपर्ने बेलामा लेखेको हुनाले १२ महिनाको चाड पर्वहरू साउन महिनामा नै उल्लेख गरिएको छ ।

लुतो फाल्ने पर्व :
साउन १ गते सबै ठाँउमा लुतो फाल्ने पर्व धुमधामसाथ मनाउँछन् । असार महिनामा खेतको रोपाइँ सिध्याइसकेपछि, सफा भएर बस्नका लागि, स्वास्थ्य राम्रो होस् भन्ने विचारले यो पर्व मनाउँछन् । पुरानो लुगा फाल्ने, शरीरमा चिलाउने, लुतो, खटिरा, पिलोलगायत छालाजन्य रोगले आक्रमण नगरोस् भनेर साउने संक्रान्तिको दिनमा लुतो फाल्ने चलन छ । स्थानीयवासीहरूको अनुसार रात पर्ने बेला अथवा साँझतिर लुतो फाल्ने पर्वमा कागभलायो, कुकुरडाइनो, कुरिलो, ज्यामन, पैयुँ ल्याएर घरको आँगनमा सानो मन्दिर बनाएर दियालो बालेर पूजा गरिन्छ । पूजा गर्दा स्वास्थ्य राम्रो होस् खेतमा रोपेको धान राम्रो होस्, प्राकृतिक प्रकोप नहोस् कुदृष्टि नलागोस् भनेर देवतालाई र पृथ्वी मातालाई पूजा गरिन्छ । यो पर्व जाजरकोट रुकुम, सल्यान, रोल्पा, प्युठान, जुम्ला, मुगु, दैलेख, कालिकोट, हुम्ला, सुर्खेत, आछाम, बझाङ, बाजुरालगायत पश्चिम पहाडी भागमा बढी उत्साहका साथ मनाउने चलन छ ।

साउन १ गते नेपालको धेरै जिल्लामा नेपालीले साउने संक्रान्ति आफ्नो रीतिरिवाज अनुसार मनाउँदछन् । रोपाइँ सिध्याएर यो पर्व मनाउँछन् साथै वर्षाकालमा रोगव्याधिबाट बच्न राँके संक्रान्ति मनाई लुतो फाल्ने गर्दछन् । वर्षामा लाग्ने रोगबाट बच्न विभिन्न प्रकारको कामना गरी पृथ्वीमाताको पूजा गरिन्छ । मगरहरू जातिमा पनि साउने संक्रान्तिका दिनमा विशेष पूजा गरी यो पर्व धुमधामसँग मनाउने चलन छ । बाढी पहिरो नआओस् अति वृष्टि नहोस् बालिनाली राम्रो होस् भनेर पूजा गरिन्छ ।

मगरहरू नेपाल अधिराज्यभर छरिएर बसेको पाइन्छ तर उनीहरू धैलागिरिको पश्चिम, दक्षिणतिर धेरै छन् । कालीगण्डकीभन्दा पश्चिम कर्णालीभन्दा पूर्व र हिमालय शृंखखलाभन्दा दक्षिणपट्टिको भूभागमा पनि मगरहरू धेरै छन् । भोग खाने देवीदेवतालाई पूजा गरिन्छ । त्यो (मागी) मंसिर महिनामा गरिन्छ । यसमा सुँगुर भोग दिइन्छ । कर्णाली क्षेत्रमा पनि खसहरू साउने संक्रान्ति धुमधामसँग मनाउँछन् । यस्तै किरातीको सेसेक्या पर्व सुरु गर्छन् ।

साउन १ गते नेपालको धेरै जिल्लामा नेपालीहरूले साउने संक्रान्ति आफ्नो रीतिरिवाज अनुसार मनाउँदछन् । रोपाइँ सिध्याएर यो पर्व मनाउँछन् साथै वर्षाकालमा रोगव्याधिबाट बच्न राँके संक्रान्ति मनाई लुतो फाल्ने गर्दछन् ।

साउन महिना १ गतेको दिनमा थारूहरूको गुरिया चाडपर्व हुन्छ । बैतडी गजुरमा बनारसी श्रावण मेला लाग्दछ । कृष्ण पक्षको चर्तुदशीमा उपत्यकाभित्र रोपाइँको काम सिध्याई वर्षाकालको रोगबाट मुक्त हुनका लागि घण्टाकर्ण पर्व मनाइन्छ । घण्टाकर्णमा उन्मत्त भैरवको रूप बनाएर चार बाटोमा राखेर पूजा गरी बेलुकातिर नदीतिर लगेर फाल्दछन् । यसलाई फाल्ने बेला छ्वालीको चिराग बालेर लाने चलन छ । यसले गर्दा वर्षा याममा लाग्ने झाडापखाला लाग्दैन र लामखुट्टे पनि घरमा आउँदैन भनिन्छ । यस पर्वमा स्वयम्भू दहःभित्र नेवार जातिले समयेबजी भोज खाने गर्दछन् । श्रावण महिनाको प्रतिपदादेखि गुँला धर्म सुरु हुन्छ । यो साउनदेखि भदौसम्म मनाइन्छ ।

ठेचोको १२ वर्षमा नाच–१२ वर्षमा एक चोटि जात्रा हुने पर्व ललितपुरको ठेचोमा हुन्छ । २०७९ साल श्रावण शुक्लपक्ष चर्तुदशी (चह्रे) घण्टाकर्णदेखि ठेचोमा नवदुर्गा देवताको जात्रा सुरु हुन्छ । यो हरेक साल अथवा वर्षमा यो सुरु हुँदैन । यो नवदुर्गा देवीको जात्रा सुरु हुन्छ । यो हरेक साल अथवा वषमा यो सुरु हुँदैन । यो नवदुर्गा १२ वर्षमा जात्रा गर्दा खेरि त्यस ठाउँमा केही नियम लागु हुन्छ ।

यो जात्रा अवधिभर त्यस ठाउँमा भोजभतेर, व्रतबन्ध, बिहे गर्न पाइँदैन । नवदुर्गा गुठीको बाजाबाहेक अन्य बाजा, ताली, घण्टी, सिठ्ठी र राति अबेर गरी हिँड्डुल गर्न पाइँदैन र खुट्टा झुण्ड्याएर बस्नु पनि हुँदैन । घरमा पाहुना बोलाउन र खान पाइँदैन । नवदुर्गाको धुखः वा नाच गरी सकेपछिमा यो सबै फुकुवा हुन्छ ।

जनै पूर्णिमा दैलेख, सुर्खेत, नेपालगञ्ज, बर्दिया, अछाम, जाजरकोट, कालिकोट र जुम्ला क्षेत्रमा ‘महावु जग्नाथ’ मा तीन दिनसम्म मेला लाग्दछ । दूधको दूध र पानीको पानी छुट्याएर न्याय गर्ने शक्तिशाली देवताको रूपमा यिनलाई मानिन्छ ।

जत्रा गर्ने बेलामा नजिकै जंगलबाट रातभरि आँगंसीं (आँगनका काठ) ल्याएर, दुर्गा भगवतीको डबलीमा छाप्रो बनाएर देवताको प्रतिस्थान गरेर देभोज (देश भोज) भनी ठेचो र सुनाकोठीका मानिसलाई भोज खुवाउने चलन छ । यसको पूजा गरिसकेपछि विभिन्न स्थानमा नवदुर्गा देखाइँन्छ । ललितपुर दरबार (मूलचोकभित्र) सुनाकोठी, ठेचो, चापागाउँ, बुंगमतीमा पनि यो नाच प्रस्तुुत गरिँन्छ ।

यो ठेचो नवदुर्गा माता, ललितपुरका लिच्छवि राजा मानदेवको इष्ट देवता मनमानेश्वरी देवीको बीच मित साइनो थियो भन्ने भनाइ छ । यसलाई मनमानेश्वर देवी भगवतीको रूपमा लिइन्छ । असत्यमाथि विजय गरेको भनेर मानिन्छ । यिनै देवीको भक्ति अथवा साथ लिएर किरात र खसलाई उनीहरूले पराजय गरेको भनिन्छ । लिच्छविका पालादेखि दशैँमा खड्ग जात्रा सुरु गरेको भनिन्छ । यस जात्रालाई पायो खड्ग जात्रा भन्दछ ।

नाग पञ्चमी :
यस्तै श्रावणशुक्ल पक्षमा नाग पञ्चमी राष्ट्रभरि घरघरमा नागको फोटो टाँसी पूजा गरिन्छ । चोभार तौदह, धापाखेला, नक्साल नागपोखरी, पनौती नदीलगायत नाग पोखरी भएको ठाँउमा मेला लाग्दछ । नागको पूजा गर्दा दुःख टरेर जान्छ भन्ने जनविश्वास छ । तराईमा झुला पर्व मनाइन्छ ।

ADVERTISEMENT

पञ्चदान :
त्यस्तै श्रावण शुक्ला अष्टमीका दिनमा ललितपुरमा मात्र पञ्चदान हुन्छ । बौद्ध धर्म अनुसार अष्टमीका दिनमा बौद्धधर्ममा आस्था भएका अथवा मान्ने ललितपुरमा बस्ने व्यक्तिहरूले पञ्चदान दिन्छन् । यो दान दिँदा सबभन्दा पहिले टीका लगाउने, हातमा जनै राख्ने (कोखा) चामल, धान, गहुँ, केराउ, खीर र दक्षिणा दिइन्छ । यो दान शाक्यहरू र बज्राचार्यहरूले मात्र लिन्छन्, अरूलाई दिइँदैन । यो दान दिँदा पुण्य लाभ हुन्छ, सुख शान्ति मिल्दछ भन्ने धारणा छ ।

यस पर्वमा फुफा देवता (अन्तिम लिन आउने देवताको नाम) यो आएछि दान दिँदैन । आजकल यो पर्व लोप हुने अवस्थामा छ । यसको कारण अचेल धानबाली लोप हुँदै गएकाले हो । श्रावण शुक्लपक्षको द्वादशीदेखि स्वयम्भू दह, उपत्यकाभित्र बौद्ध, विहार र बहिलमा देवताहरू प्रदर्शनीमा हाम्रो राष्ट्रको पुरानो पुरानो कलाकृति हेर्न पाइँन्छ । यो प्रदर्शनी हेर्न पैसा चाहिँदैन । ललितपुरको १५ बहालमा यो प्रदर्शनी हुन्छ ।

जनै पूर्णिमा :
जनै पूर्णिमा एक दिनअगाडि बेलुका कुम्भेश्वरमा नौ बाजा बजाइँन्छ । यो पूर्णिमामा पर्ने पर्वलाई जनै पूर्णिमा भन्दछन् । हिन्दु धर्मानुसार नेपालीहरूको जनै फेर्ने दिन, रक्षाबन्धन गरिन्छ । आफ्नो शरीरलाई रक्षा गर्न शास्त्रीय मर्यादाले मन्त्रिएको नयाँ जनै तथा रक्षा सूत्र लगाएर शरीरलाई रक्षा गरी मनाउने पर्वलाई रक्ष बन्धन पर्व वा जनै पूर्णिमा हो । तराईमा आआफ्ना दिदीबहिनीहरूले दाजुभाइलाई पवित्र सम्बन्धको रूपमा राखी बाँधेर रक्षा बन्धन मनाउने चलन छ । ललितपुरको कुम्भेश्वर, गोसाइँकुण्ड, पशुपतिनाथ सोलुखुम्बुमा दूधकुण्ड, डडेलधुरामा भागेश्वर, लमजुङको दूधपोखरी, जलेश्वर महादेव आदिमा मेला, जनकपुर धनुसागरमा पनि मेला पर्व लाग्दछ ।

यस्तै मुस्ताङको मुक्तिनाथमा शिथो पूजा हुन्छ । यो पर्व आआफ्नो रीतिरिवाज अनुसार श्रावण पूर्णिमामा मनाइन्छ । साथै यस दिन नेपालीहरू नौथरी गेडागुडी मिसाएर क्वाटी खाने गर्छन् । यसरी क्वाटी खानाले पेट बलियो हुने जे खाए पनि पच्ने गर्छ । नौ किसिमको गेडागुडी जडिबुटी वा ओखती हो । आजकल क्वातीमा मःम रोखेर पनि खाने गरिन्छ । यस दिनलाई गुन्ह पुन्हि अथवा श्रावण पूर्णिमा भन्दछन् । बौद्ध मार्गीहरू विहारमा र वहिलमा बहिद्यो हेर्न जाने गर्दछन् । त्यस समयमा विहारमा पुरानो बौद्ध देवताहरू अथवा मूर्तिहरूको प्रदर्शनी गरिएको हुन्छ ।

यसरी हेर्न भनेको नेपाली कलाकृति कस्तो छ र कति राम्रो छ, कति पुरानो हो यसको गुणस्तर कस्तो छ भन्ने हो । त्यस्तो पुरानो कला हेर्न विदेशी पर्यटक पनि आउने गर्दछन् । यसले गर्दा देशलाई आर्थिक लाभ भएको छ तर अहिले धेरै कम कला मात्र देखाउने गरिन्छ । यी कला हेर्न पैसा चाहिँदैन, सरकारले सहयोग गर्दैन । लिच्छविकालको देवताहरू पनि छन् । साथै ठमेल भगवान वहाल र इतुंवहालमा सुनको अक्षरले लेखेको प्रज्ञापारमिता पुस्तक पनि प्रदर्शन गरी राखेको हुन्छ । यो पुस्तक वर्षको एक चोटिमात्र हेर्न पाइन्छ अरू बेला हेर्न पाइँदैन । यसदिन भ्यागुतालाई भात खान दिइन्छ ।

सुदूरपश्चिममा सात बहिनी देवी डोटीको १, शैलेश्वरी २, डडेलधुराको उग्रतारा ३, बाजुराको बडिमालीका ४, बैतडीमा निगला शैली ५, त्रिपुरा सुन्दरी ६, डिला शैनी ७, मेलीली भगवतीको पूजा हुन्छ । सबभन्दा जेठी बाजुराको बडिमालिका शक्तिपीठमा जनै पूर्णिमामा ठूलो मेला लाग्दछ । यस दिन पूजा गर्न स्वदेशी विदेशी गरेर हजारौं भक्तजनहरू आउँदछन् । यहाँ पूजा गर्दा आपूmले चिताएको काम पूरा हुन्छ भन्ने जनविश्वास छ । यो ठाँउबाट हिमखण्ड अथवा हिमालय राम्रोसँग देख्न सकिन्छ । यसलाई स्वर्गको एक टुक्रा पनि भनिन्छ । यो हयग्रीव देवताको उत्पत्ति भएको दिन हो ।

जनै पूर्णिमा दैलेख, सुर्खेत, नेपालगञ्ज, बर्दिया, अछाम, जाजरकोट, कालिकोट र जुम्ला क्षेत्रमा ‘महावु जग्नाथ’ मा तीन दिनसम्म मेला लाग्दछ । दुधको दुध र पानीको पानी छुट्याएर न्याय गर्ने शक्तिशाली देवताको रूपमा यिनलाई मानिन्छ । यी साक्षात देवता हुन् । यस मेलामा विभिन्न ठाउँबाट आउने दर्शनार्थीको घुइँचो लाग्दछ । यी देवताको दर्शन गर्दा आफूले मागेको वा इच्छा गरेको वरदान पाइन्छ भन्ने विश्वास छ । यो देवस्थल कालीकोटको ओदानकु र दैलेखको बालुवाटार गाउँविकास सिमानामा पर्दछ । त्यस ठाउँलाई महवुगाथ भनिन्छ । यो ४,४८० मिटर उचाइमा छ । यहाँबाट भेरी र कर्णालीका धेरैजसो भूभाग देखिन्छन् । म्याग्दीको खयरबाराही ४,६६० मिटर उचाइमा छ । जनै पूर्णिमाको दिनमा यहाँको खयरबाराही मन्दिरमा मेला लाग्दछ ।

नेपालको सुदुर पश्चिम जिल्लामा ‘खप्तड’ गाउँ पर्दछ । यसको सिमाना पूर्वमा डोटी, पश्चिममा बाजुरा, उत्तरमा आछाम र दक्षिणमा बझाङ जिल्ला पर्दछ । यो खप्तड क्षेत्रलाई प्रकृतिको खानी अथवा थलो भनिन्छ । यो प्राकृतिक सौन्दर्य भएको ठाउँ संसारमा अर्को छैन । यो समुद्र सतहबाट अन्दाजी ३,७०० मिटर उचाइमा पर्दछ । यो खप्तड दह अथवा तालमा हरेक वर्ष जेठ महिनाको गंगा दशहरा र साउन महिनाको जनै पूर्णिमामा ठूलो मेला लाग्दछ । यो एउटा हेर्न लायक पर्यटकीय स्थल पनि हो । यो अति राम्रो ठाउँ भएका कारणले र मन्दिरहरू पनि भएकोले त्यस ठाउँमा जनैपूर्णिमामाको दिनमा खप्तड तालमा स्नान गरी देवी देवताको पूजा ग¥यो भने स्वास्थ्य लाभ, मनले चिताएको काम पूरा हुन्छ भन्ने विश्वास छ ।

यस समयमा भक्तजनहरू धेरै जान्छन् र प्रकृतिको सौन्दर्य पनि हेर्न सकिने भएकोले यस महिनामा त्यस ठाउँमा मेला लाग्ने गर्छ । नेपालको सुदूर पश्चिम जिल्लामा खप्तड गाउँ पर्दछ । यसको सिमाना पूर्वतिर डोटी जिल्ला, पश्चिमतिर बाजुरा जिल्ला, उत्तरतिर अछाम जिल्ला र दक्षिणतिर बझाङ जिल्ला पर्दछ । यो खप्तड क्षेत्रलाई प्रकृतिको खानीको क्षेत्र भनिन्छ । यो प्राकृतिक सौन्दर्यले भरीपूर्ण भएको ठाउँ हो । यस्तो ठाउँ संसारमा अन्त छैन । यो ठाउँ समुद्र सतहबाट करिब ३,७०० मिटर उचाइमा पर्दछ ।

खप्तड तालमा हरेक वर्ष जेठ महिनाको गंगा दशहरा र श्रावण महिनाको जनै पूर्णिमामा ठूलो मेला लाग्दछ । यो एक प्राकृतिक एवं सौन्दयपूर्ण दृष्य हेर्न लायकको पर्यटकीयस्थल हो । यो अति राम्रो ठाउँ भएको र धार्मिकस्थल एवं मन्दिर भएकाले जर्नै पूर्णिमाको दिनमा खप्तड तालमा स्नान गरी देवीदेवता पूजाआजा गरी आफ्नो सुस्वास्थ्य लाभ, सुख, समृद्धि एवं मनोकामना पूरा होस् भनेर विभिन्न स्थानबाट धेरै संख्यामा भक्तजनहरू यस ठाउँको भ्रमणमा आउने गर्दछन् र प्राकृतिक सौन्दर्यको अवलोकन गरी मेला भर्ने गर्दछन् ।

श्रावण शुक्ल पक्षमा नारायणघाटमा होपाचो भन्नेले (प्रचार विभाग), यो श्रावण महिना केके जात्रा हुन्छ त्यो कुन कुन दिनमा हुने सबै मिति बार भनेर जाने प्रचलन छ । गाईजात्र, रोपाइँ जात्रा, बाघ मार्ने जात्रा आदिको तिथिमितिको सूचना दिएर जने चलन छ । यसलाई होपाचो भनिन्छ । हिँडेर दिनभरि यसको प्रचार गरिन्छ । दोलखा रामेछाप क्षेत्रमा पर्ने १०८ थुम्का छन, तिनलाई सैलुङ डाँडा भन्दछन् । यस ठाउँमा जनै पूर्णिमामा मेला लाग्छ । यसको उचाइ ३,१६५ मिटर छ । श्रावण कृष्णपक्ष प्रतिपदादेखि गाईजात्रा पर्व सुरु हुन्छ । देवपाटनमा पनि यस दिन खड्ग जात्रा हुन्छ ।

-क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *