उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

सोल । उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानी अधिकारीले उत्तर कोरियाले अज्ञात रूपमा लामो दूरीको क्षेप्यास्त्र जापानी समुद्रमा परीक्षण गरेको पत्ता लगाएका हुन् ।

आफ्नो भूमिमा अमेरिकी जासुस विमानले घुसपैठको विरोधमा बदला लिने धम्की दिएपछि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको हो ।

ADVERTISEMENT

कोरियाली प्रायद्वीप नजिकैको पानीमा आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने संयुक्त राज्य अमेरिकाको योजनाको निन्दा गर्दै उत्तर कोरिया पछिल्लो समय चिढिएको छ । हालै अमेरिकी जासुसी विमानहरूले आफ्नो एयर स्पेसको उल्लंघन गरेको दाबी गरेपछि जासुसी विमान खसाल्ने उत्तर कोरियाले धम्की दिएको छ ।

अमेरिकी योजनासँगै उत्तरले यो हप्तादेखि नै आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गर्ने र मे महिनामा सैन्य जासुसी उपग्रहलाई कक्षमा स्थापना गर्ने प्रयाससहित धेरै प्रतिबन्ध तोड्ने बताएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?