संखुवासभामा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा डुवेर एक जनाको मृत्यु भएको छ ।

मकालु गाउँपालिका वडा नम्वर ६ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर १७ बर्षिय मन्जित राई रहेको संखुवासभा प्रहरीले जनाएको छ । मंगलवार दिउँसो पखुवादोभानबाट सामान किनेर घर फर्कने क्रममा स्थानीय खोलामा पौडी खेल्ने क्रममा राईको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

ADVERTISEMENT

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी निरीक्षकको टोलीले आवश्यक कानुनी प्रक्रियासहित मृतकको शवलाई जिल्ला अस्पताल खाँदबारीमा पोष्टमार्टम पश्चात् आफन्तलाई जिम्मा लगाएको र घटनाका बिषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *