यस्तो छ- सोमबारको विदेशी मुद्राको बिनिमय दर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५५ रुपैयाँ रहेको छ ।

आइतबार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०९ पैसा र बिक्री दर १३२ रूपैयाँ ६९ पैसामा कारोबार भएको थियो भने युरो एकको खरिद दर १४३ रूपैयाँ ७३ पैसा र बिक्री दर १४४ रूपैयाँ ३९ पैसामा खरिद बिक्री भएको थियो ।

ADVERTISEMENT

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.५८ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिद दर ८८.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.७६ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा, रहेको छ भने बिक्री दर १७०.३५ रुपैयाँ तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ १७ पैसा र बिक्रीदर १० रूपैयाँ २२ पैसामा कारोबार हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ र बिक्री दर ३५.३७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४२ रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?