प्रधानमन्त्रीको आग्रहमा संसद बैठक सारियो

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आइतबार दिउँसो डाकिएको प्रतिनिधिसभाको बैठक सारिएको छ ।

प्रधानमन्त्री प्रचण्डको आग्रहमा आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपरान्ह ३ बजे बस्नेगरी सभामुख देवराज घिमिरेले सारेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

‘प्रधानमन्त्रीको अनुरोधमा सभामुखले १ बजेका लागि तय गरेको बैठक दुई घण्टापछि सार्नुभएको छ,’ उहाँले भन्नुभयाे ।

प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर बैठकको समय सार्न अनुरोध गरेपछि सभामुख घिमिरेले दुई घण्टापछि बस्नेगरी सार्नुभएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?