राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौ । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले गत शुक्रबार आशा लघुवित्तलाई पत्र पठाउँदै राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरिएको छ ।

यसअघि गत जेठ २३ गते नेपाल राष्ट्र बैंकले आशा र राष्ट्र उत्थान लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो । यी दुवै लघुवित्तबीच गत चैत २९ गते प्राप्ति प्रक्रिया अगाडि बढाउने प्रारम्भिक सम्झौता भएको थियो । दुवै संस्थाका सञ्चालक समितिका अधिकारीहरुबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र हस्ताक्षर गरेका थिए ।

आशा लघुवित्त नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ६ मदानपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न जिल्लामा ५५ वटा शाखामार्फत् वित्तीय सेवा दिँदै आएको संस्था हो।

ADVERTISEMENT

यस्तै राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय चाहिँ काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १३ साँगामा रहेको छ । यो लघुवित्तको पनि ७ वटै प्रदेशका विभिन्न जिल्लामा १०० वटा शाखा कार्यालय रहेका छन् ।

राष्ट्र उत्थानको २६ करोड रुपैयाँ र आशा लघुवित्तको ३३ करोड ३९ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ । गत असार १६ गत आशा र राष्ट्र उत्थान लघुवित्तको साधारणसभाले प्राप्ति प्रक्रियालाई स्वीकृत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *