अमेरिकामा अवतरण हुनुअघि नै विमान दुर्घटना, ६ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

क्यालिफोर्निया । क्यालिफोर्निया एयरपोर्ट नजिकैको एउटा मैदानमा एउटा सानो विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार दुर्घटना लस एन्जलसबाट करिब १३० किलोमिटर दक्षिणपूर्वमा रहेको मुरिएटामा बिहान ४ः१५ बजे भएको थियो। यस दुर्घटनामा भएको आगलागीका कारण करिब एक एकडमा लगाएका रुख तथा बोटबिरुवा पनि जलेर खरानी भएको छ ।

उक्त विमानमा सवार सबैको घटनास्थलमै मृत्यु भएको थियो । मृतकहरुको अझै सनाखत हुन सकेको छैन । रिभरसाइड काउन्टी फायर डिपार्टमेन्टका अनुसार आगो निभाउन अग्नि नियन्त्रकहरूलाई एक घण्टाभन्दा बढी समय लागेको थियो। आगलागीले यो व्यवसायिक जेट पूरै जलेको थियो। यस दुर्घटनाका कारण फ्रेन्च भ्याली एयरपोर्ट नजिक केही क्षति भएको जानकारी आएको छ ।

ADVERTISEMENT

अमेरिकाको संघीय नागरिक उड्डयन विभागले राष्ट्रिय यातायात सुरक्षा बोर्डको टोलीसँग यस हवाई दुर्घटनाको अनुसन्धान गरिरहेको छ। सिएननको रिपोर्ट अनुसार सेस्ना सि ५५० विमान लस भेगासबाट क्यालिफोर्निया जाँदै थियो। विमान लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ३ः१५ बजे उडेको थियो, जुन क्यालिफोर्नियाको मुरिएटा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

राष्ट्रिय यातायात सुरक्षा बोर्डका अन्वेषकहरूले पाइलटले विमान अवतरण गर्ने प्रयास गरिरहेको बताए। अचानक धुलोको तह जताततै फैलियो, जसका कारण पाइलटलाई कम भिजिबिलिटी हेर्न समस्या हुन थाल्यो । यस क्रममा पाइलटले एयर ट्राफिक कन्ट्रोलर ९एटीसी० लाई आफ्नो मिस अप्रोच प्रक्रियाको बारेमा जानकारी दिएका थिए ।

यो सामान्यतया रन वे नदेखिने र पछि पाइलटले विमान अवतरण गर्ने प्रयास गर्दा हुन्छ। त्यसपछि एटीसीले पाइलटलाई अर्को अवतरण प्रयासलाई अनुमोदन गरेको थियो तर धावनमार्गभन्दा ५०० फिट अगाडि दुर्घटनाग्रस्त भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज