काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । बैठकमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पेश गर्ने कार्यसूची छ ।
त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधयेक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।
त्यस्तै आजको प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची छ।
त्यस प्रस्तावमाथि राप्रपा सांसद ज्ञानबहादुर शाही, नेमकिपाका सांसद र रास्वपाकी सांसदद्वय सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
आजै कानुनमन्त्री धनराज गुरूङले राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts