काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको स्युचटारस्थित युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौतासँगै सिटिजन्स बैंकका ग्राहकले युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटमा २० प्रतिशतसम्म छुट पाउनेछन् । दुवै संस्थाबीचको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।






