सरकारले व्यावसायिक र लगानी मैत्री नीति लिन सकेन : अध्यक्ष ढकाल

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी मैत्री वातावरण बनाउन नसकेको बताउनु भयो ।

शनिबार नवलपरासी उधोग बाणिज्य संघको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो नभएको र लगानी मैत्री वातावरण तयार गर्ने नसकेको ढकालको भनाइ छ । उहाँ भन्नु हुन्छ - 'विभिन्न बहानामा दोषी नहरिदैँ व्यवसायीलाई दुःख दिने काम भइरहेको छ । सरकारले व्यावसायिक र लगानी मैत्री नीति लिन सकेको छैन ।'

सरकारले व्यवसायी मैत्री निति नलिदा सम्मको परिस्थितिमा नयाँ लगानी गर्ने सक्ने आउने अवस्था नरहेको बताउदै अध्यक्ष ढकालले आगामी मौद्रिक नीतिपछि ब्याजदर घट्ने र थलिएको अर्थतन्त्र पुन चलायमान हुने विश्वास व्यक्त गर्नुभएको छ । चर्को ब्याजदर, महँगो बेस रेटका कारणले शिथिल बनेको बजारलाई क्रियाशील बनाउन सरकारलाई उपायसहित सुझाव दिइएकोले सम्बोधन हुनेमा आशावादी रहेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिलाई लचिलो बनाएर अर्थतन्त्र उकास्नुपर्ने बताउनु भयो । ‘अहिले मुलुकको अर्थतन्त्र निकै खस्किएकाले पनि उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्र बैंकले अहिले देखिएको समस्या समाधान गर्ने खालको मौद्रिक नीति ल्याउनेमा आशावादी रहेका छौं।' मौद्रिक नीति तरलता संकुचन हुने गरी परिवर्तन गरिएका विशेष गरी अनिवार्य नगद अनुपात, बैंक दर र नीतिगत दरलगायत बजारको आवश्यकता अनुसार घटाउनु उपयुक्त हुने सुझाव दिनुभयाे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं निवर्तमान जिल्ला अध्यक्ष केशव भण्डारीले पश्चिम नवलपरासीमा धेरै उधोगहरुको सम्भावना रहेको बताउँदै जिल्लालाई ओैद्योगिक क्षेत्रको रुपमा बिकास गर्नु पर्ने बताउनु भयो । नवलपरासी उद्योग वाणिज्य संघको १५ ओैँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहणसहित पदस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज