ललितपुर । राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजना र ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको सहयोगमा चापागाउँमा अनौपचारिक दूधलाई औपचारिक क्षेत्रमा लैजानेसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोर्डका उपकार्यकारी निर्देशक डा. बालक चौधरी र ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारीतर्फबाट अध्यक्ष कृष्णप्रसाद सापकोटाले सम्बन्धित विषयमा छुट्टाछुट्टै कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
गोदाबरी नगरपालिकाका पशु सेवा शाखा प्रमुख ईश्वर घिमिरेले गोदाबरी नगरपालिकाले दुग्ध क्षेत्रका लागि विशेष कार्यक्रम ल्याएको बताउनुभयो । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरेले समयमै दूध संकलन गर्न सकियो भने दूधको गुणस्तर राम्रो हुने बताउनुभयो । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले उपभोक्ताको चाहना अनौपचारिक क्षेत्रको दूध हुनुको कारणबारे जानकारी गराउँदै विस्तारै सम्बन्धित निकायले सहयोग गर्दै सबै अनौपचारिक क्षेत्रको दूध औपचारिकरूपमा लान हामी सबैले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले कहिले दूध बढी हुने त कहिले घटी हुने कुराले किसान समस्यामा परेको बताउनुभयो । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले यस्तो कार्यक्रम बोर्डले देशैभरि गर्ने र बोर्ड सधैं किसान र उद्योगको हितमा लाग्ने बताउनुभयो ।
कार्यक्रममा डेरी एसोसिएसनका केन्द्रीय सह-कोषाध्यक्ष रामभक्त दाहाल, सदस्य रमेश सञ्जेल, शिवप्रसाद घिमिरे, ललितपुर दुग्ध व्यवसायी संघका उपाध्यक्ष दिपक सञ्जेल, गोदाबरी नगरपालिकाका पशु सेवा शाखा प्रमुख ईश्वर घिमिरे, जिल्ला सहकारी संघका पदाधिकारी एवं किसानको उपस्थिति थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts