आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो हुनुपर्छ : अध्यक्ष ढकाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको लक्ष्य, उद्देश्य पूरा गर्नको लागि आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो हुनुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अवधि अनुसारको मुद्धति रेट बनाएर वा फक्स डिपोजिट र सेभिङको ५ प्रतिशतको फरक हटाएर भएपनि अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्र बैंकको पोलिसी रेट २० प्रतिशत रहेको र त्यसलाई १५ प्रतिशतमा झारेर भएपनि अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘बजेटको लक्ष्य, उद्देश्य पूरा गर्नको लागि आउने मौद्रिक नीति खुकुलो हुनुपर्छ । यो कसरी हुनसक्छ भन्ने सुझाव पनि दिएका छौँ । जस्तो अहिले फिक्स डिपोजिट र सेभिङको ५ प्रतिशत फरक हुनुपर्छ भन्ने छ । यसलाई चेन्ज गरेको अवस्थामा जस्तो बैंक तथा वित्तीय संस्थाले ब्याज मुद्धतिमा बढाउँदा अधिकांश वचतमा रहेको डिपोजिट फिक्समा कन्भर्ट भएको छ । जबसम्म यो फिक्समा कन्भर्ट भएको डिपोजिट छ, त्यसको मेचुअर पिरेड नआउने बेलासम्म, मेचुअर पिरेडको टाइम दिइरहेको छ, त्यो फिक्सको रेटक घट्ने अवस्था छैन। मुद्धति एकै किसिमको रेट छ, त्यो अवधि अनुसारको मुद्धति रेट हुनुसक्छ । ५ प्रतिशतको फरक हटाउँदा हुनसक्छ, पछि आफ्नो ठाउँमा लग्ने हिसावले । राष्ट्र बैंकको पोलिसी रेट २० प्रतिशत छ त्यसलाई १५ प्रतिशत गर्ने हो की । बेस रेट घट्नुपर्छ । वर्किङ क्यापिटल गाइडलाइन जो राष्ट्र बैंकले ल्यायो, त्यसले बैंक तथा वित्तीय संस्थहरु खास गरेर कमर्सियल बैंक र व्यवसायीमा राम्रै लेसन लर्न गरेको छ ।’

अध्यक्ष ढकालले आगामी मौद्रिक नीति अहिलेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी आउनुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज