एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै ओलीले भने : अब पढाइकाे विषय छनौट गर्दा रुचिको विषय छान्नुहोस्

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीहरुलाई बधाई दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसुबक मार्फत उहाँले एसईईको परीक्षणमा सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने भाइबहिनीहरुमा बधाई दिँदै ओलीले भन्नुभएको छ– अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिन्छु ।

ADVERTISEMENT

उहाँले थप भन्नुभएको छ, ‘शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?