काठमाडौं । संघीय संसदअन्तर्गत आज पनि राष्ट्रिय सभाको बैठक बस्दैछ ।
बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।
बुधबार प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् बैठक अवरुद्ध गरेको थियो । एमालेको अवरोधपछि आज बस्ने गरी बैठक स्थगित गरिएको थियो ।
आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंह पटकपटक दिल्ली गएको प्रचण्डको भनाइको एमालेले चर्को विरोध गरेको छ ।
एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरेसम्म संसद बैठक चल्न नदिने संसदीय दलबाटै निर्णय गरेकाले आजको बैठक सहज रुपमा सञ्चालन हुनेमा आशंका रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts