अर्थतन्त्र समस्यामुक्त नरहेको अर्थमन्त्रीको स्वीकारोक्ति

Read Time = 5 mins

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख रहेको तर समस्यामुक्त भइनसकेको बताउनुभएको छ । मंगलबार संसद्को अर्थसमितिमा बोल्दै उहाँले कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त नहुने, समस्या आइरहने भएकाले समाधानको बाटो पहिल्याउँदै जानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

मन्त्री महतले भन्नुभयो, ‘हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौँ । यो कालखण्डमा राजनीतिक आरोह–अवरोहबाट गुज्रिनुपरेकाले हामी भौतिक विकासमा धेरै पछाडि छौँ । आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै छन् । माग धेरै छ । यस अर्थमा असन्तुष्टि आउनु स्वाभाविक हो । धेरै कुरा हामीले निर्णायकरूपमा सुधार गरेर लैजानुपर्छ । समग्र राज्य संरचना, आमनागरिकलगायत हामी सबैको सक्रियता जरुरी छ ।’

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन अर्थ मन्त्रालय समन्वयकारी भूमिकामा रहेको र केही ठाउँमा अगुवाइसमेत गरेको जानकारी गराउँदै सबैको समन्वय र क्रियाशीलताले समस्या न्यूनीकरण गर्दै विकास र समृद्धिको बाटोमा अघि बढ्न सकिने बताउनुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘राजस्व उठ्ने विषयमा समस्या देखिएको छ, राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौँ तर प्रगति भएको छ । हामीले गत वर्षभन्दा ०.५२ प्रतिशत बढी राजस्व उठाउन सक्छौँ, कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनायो, जसले गर्दा आवश्यक मुद्रा प्रवाह हाम्रो अर्थतन्त्रमा भएन । ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पुँजीगत खर्च त्यहीरूपमा हुन सकेन । जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन । एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो, अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान भएन, जसले गर्दा भन्सार लक्ष्यअनुसार उठेन, गैरकर गत वर्षभन्दा ११.८८ प्रतिशत बढी उठेको छ, जो सम्पन्न छ, कर तिर्नुपर्ने स्थितिमा छ, उनीहरूलाई करको दायरामा ल्याएका छौँ । यसले गर्दा हामी आगामी वर्ष राजस्व बढाउन सक्छौँ ।’

आउँदो आर्थिक वर्ष अर्थतन्त्र चलायमान हुने संकेत देखिन थालेको दाबी गर्दै उहाँले मौद्रिक नीतिका लागि राष्ट्र बैंकसँग कुराकानी भएको र समयसीमाभित्र बजेट कार्यान्वयनका लागि कर्मचारीलाई पनि निर्देशन दिइसकिएको बताउनुभयो । तर, नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व संकलनको अवस्था डरलाग्दो रहेको बताउनुभयो । असार १७ गतेसम्म नौ खर्बको हाराहारीमा मात्रै राजस्व संकलन हुनु र सरकारको साधारण खर्च १० खर्बभन्दा बढी हुनु गम्भीर स्थिति भएको उहाँको भनाइ थियो । सरकारले नै मुलुकको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेकाले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको सांसद चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम पनि भयो । आयात बढेको छैन तर पनि समग्र अर्थतन्त्र चलायमान किन हुन सकेको छैन ? लगानी किन हुन सकिरहेको छैन ? किन कस्ट अफ डुइङ बिजनेस घट्न सकिरहेको छैन ? सरकारको सबैभन्दा बढी चासोको विषय यही हो । आगामी दिन सरकारले गर्ने छलफल अर्थतन्त्रलाई चलायमान बनाउने र लगानी बढाउनेतर्फ केन्द्रित हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?