आइडिया स्टुडियो र लायन्स क्लबबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ जे नेपालले आइडिया स्टुडियो नेपालसँग रणनीतिक साझेदारी गरेको छ । साहसिक सुरुवातको मुख्य नारालाई आत्मसात गर्दै लायन्स क्लब ३५२ जे नेपालले अवसरबाट वञ्चित व्यक्तिलाई उद्यमशीलता लागि सहयोग गर्न ब्रेभ स्टार्टअप फण्ड निर्माण गरेको छ ।

लायन्स क्लब इन्टरनेसनल फाउण्डेसन(एलसिआइइफ) लायन्स क्लब इन्टरनेसनलको परोपकारी शाखा हो । १९१७ मा स्थापित उक्त संस्थाले नागरिक, सांस्कृतिक, सामाजिक र नैतिक कल्याणमा सक्रिय कार्य गर्दै आएको छ भने आइडिया स्टुडियो नेपाल सामाजिक रूपान्तरण र उद्यमशीलता क्षेत्रमा आठ वर्षदेखि निरन्तर काम गर्दै आएको संस्था हो ।

ADVERTISEMENT

आइडिया स्टुडियोले नेपालमा उद्यमशीलताको इकोसिस्टमलाई बढावा दिन सरकार, शिक्षाविद्, सार्वजनिक र निजी क्षेत्र, वाणिज्य बैंक, मिडिया हाउस, व्यापार र उद्योग संगठन र अन्य धेरै संस्थासँग साझेदारीमा काम गर्दै आएको छ । साझेदारीअन्तर्गत उद्यमशीलतालाई प्रवद्र्धनका लागि ब्रेभ स्टार्टअप फण्डबाट छनोट भएका आइडियालाई लायन्स क्लबले सिड मनि उपलब्ध गराउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज