सरदार प्रीतम सिंहको नाम जोडेर प्रधानमन्त्रीले दिएको अभिव्यक्ति लज्जास्पद : कमल थापा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली पुगेको भन्नु लज्जाको विषय भएको बताउनु भएको छ ।

थापाले फेसबुकमार्फत प्रधानमन्त्रीको उक्त भनाइप्रति आपत्ति जनाउनु भएको हाे।

काठमाडौंमा सोमबारआयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरदार प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली पुगेको बताउनु भएको थियो ।

ADVERTISEMENT

त्यसको विरोध गर्दै थापाले लेख्नुभएको छ, 'प्रितम सिंहबारे प्रचण्ड स् मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयोु । प्रम प्रचण्डको यस भनाईले सिंङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ । तर, दुस्खको कुरा के हो भने, यो भनाई २०६३ पछिको धरातलीय यथार्थ हो । आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?