चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन : सांसद डा. वाग्ले

Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताउनुभएको हो । उहाँले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजश्व संकलन प्रक्षेपन गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले सरकारले असार १८ गतेसम्म राजश्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्याङ्क दिएको बताउनु भयो ।

उहाँले अर्थ मन्त्रालयले एक महिना अघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउँने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने बताउनु भयो। उहाँले नेपालको औसत राजश्व संकलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजश्व उठाउनु पर्ने बाध्यता सरकारलाई रहेको बताउनु भयो।

ADVERTISEMENT

उहाँले भन्नुभयो,‘ असार १८ गतेसम्म सरकारको राजश्व ८ खर्ब ६६ अर्ब मात्रै उठेको छ । ९ खर्ब उठेको छैन । अर्थ मन्त्रालयले एक महिना अघि मात्रै बजेटमा ११८० अर्ब उठाउँछु भन्नुभएको छ । आर्थिक वर्ष सकिन १२ दिन मात्रै बाँकी छ । औसत राजश्व संकलन ३ अर्ब जति मात्रै हुन्छ । सरकारले घटाएको संशोधित अनुमानलाई हेर्दा पनि दिनमा २६ अर्ब राजश्व उठाउनुपर्ने हुन्छ । सरकारले ४० दिनको पनि प्रक्षेपन गर्न नसकेको हो की ? कि अर्को १२ दिनमा अर्को चमत्कार हुँदै छ । त्यसमा जानकारी पायौं । असार १८ गतेसम्म अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको छ । सरकारको लक्ष्य थियो ५५ अर्ब र एक महिना अघि मात्रै ३८ अर्ब आउँछ भन्नुभएको थियो । ५ अर्ब चानचुनमा १२ दिनमा ३०.५ अर्ब पुग्ने आधार होला । सरकारको राजश्व र वैदेशिक अनुदानमा पनि एक महिना भित्र नै संशोधित अनुमान र वास्तविताबीचको खाडल विश्वनियतामा प्रश्न उठाउँ छ । अर्को १२ दिनमा के हुँदैछ । के आधारमा सरकारल लक्ष्य राख्यो ।’

उहाँले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको बताउनु भयो। उहाँले सरकारको लक्ष्य ५५ अर्ब बाट एक महिना अघि मात्रै ३८ अर्ब उठ्ने भनेपनि अब बढीमा ५ अर्ब उठ्नसक्ने दाबी गर्नुभयो। उहाँले सरकारको राजश्व र वैदेशिक अनुदानमा पनि एक महिना भित्र नै संशोधित अनुमान र वास्तविताबिचको खाडल विश्वनियतामा प्रश्न उठ्नु राम्रो नभएको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज