त्यो प्याकेटको चार कुना मलाइ साह्रै उजाड लाग्थ्यो।
म जस्तैको मितमा जिन्दगी साह्रै बेकार लाग्थ्यो ।
लाग्थ्यो,लाइटरबाट निस्केको आगोलाइ छुन नपाउदै म सकिनि त हैन,
लाग्थ्यो, कोमल ओठमा छुदै फोक्सोको कुनाकाप्चामा नपुग्दै म पुरिनि त हैन।
खुसिको सिमा थिएन मेरो, जब
लाइटरको आगोमा बल्दै म कोमल ओठमा बेरिन्थ्यो।
हर्षले गदगद हुन्थ्यो मन मेरो जब
मेरो धुवा श्वास नलि हुँदै फोक्सोको कुनाकाप्चामा पुग्थ्यो।
आनन्द मान्दै सयौले मलाई ओठमा बेरि तान्दथे।
जब उनिहरु मलाइ तान्दथे तब म झन बढि चम्किन्थे।
"त्यसैले त म चुरोट हु"!!!!!
उसको र मेरो प्रेम पनि अचम्मको थियो
न त म आफै बल्न सक्थे न त उ म बिना बाच्न सक्थ्यो।
मलाइ बाल्न उ अनि उ जस्तै देखिने अरु सधै आतुर रहन्थे
तब पो म बलेर उनिहरुको नसानसा बहन सफल भए।
मेरो चमकमा म आफै सकिदै जान्थे,
धुवा बनी उसकै वरिपरि घुमिरहन्थे ,
त कहिले हावामा मिसिएर हराउँथे ,
त कहिले उसकै फोक्सोमा रमाउथे ,
त कहिले ओठको डिलहरुमा बाधिन्थे।
"त्यसैले त म चुरोट हु"!!!!
मलाई बालेर पाएको खुसिमा
म सकिदै छु भन्ने कुरा कहिल्यै बुझेनन् ।
म सकिएपछि फेरि मजस्तै
अर्कोलाइ पनि सकाउन कहिल्यै पछि सरेनन्।
केहिबेरको आनन्दपछि उनिहरु बदलिन्थे।
उनिहरुको निर्दयि मन,
म सकिसकेपछि पनि
त्यो मेरो ठुटोलाइ किचिमिचि पारेर कुचिदिन्थे।
उनिहरुको परिवर्तित मन,
भन्दा पनि नभनि
ओठमा बेरेर आनन्द लिदालिदै जुत्ता मुनि पुर्याइहाल्थे।
यस्तै निर्दयि मनहरुबाट सिकेको हु
निर्दयताको पाठ
मलाइ सल्काएर खरानी बनाउनेहरुलाइ
खरानी बाट नै धन्यवाद दिदै छु।
मलाई सल्काएर आनन्द लुट्नेहरुलाइ
मेरो आनन्द बाट नै सकाउदै छु।
म जलेर पनि
अरुलाइ जलाउदै छु ।
"त्यसैले त म चुरोट हु"!!!!!
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts