माइपेले मासिक पाँच हजारसम्म छात्रवृत्ति दिने

Read Time = 2 mins

काठमाडौं । माइपे डिजिटल वालेटले मासिक पाँच हजार रपैयाँसम्मको ‘माइ फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । कम्पनीले एसइई पास भएका सयजना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गर्ने भएको हो । एसइई पास गरेका युवा विद्यार्थीलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति योजना ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिनुभयो ।

छात्रवृत्ति कार्यक्रमबाट एक सय विद्यार्थी लाभान्वित हुनेछन् । जसमा ९९ जना विद्यार्थीले मासिक पाँच सयका दरले एक वर्षसम्म र एकजना विद्यार्थीले मासिक पाँच हजारका दरले एक वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।

ADVERTISEMENT

यस कार्यक्रममा सहभागी हुनका लागि एसइई दिएर बसेका विद्यार्थीहरूले माइपे वालेट डाउनलोड गरी वालेटभित्र रहेको फर्म भर्नुपर्नेछ । फर्म भर्नका लागि १० रुपैयाँ शुल्क लाग्नेछ । देशैभरिका विद्यार्थीहरू यस योजनामा सहभागी हुन सक्नेछन् । छात्रवृत्तिमा छनोट भइसकेपछि विद्यार्थीहरूले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाणसमेत पेश गर्नुपर्नेछ । आवेदन अवधि साउन अन्तिमसम्म रहेको माइपेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज