उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गनुृभएको छ । श्रेष्ठ मंगलबार राति ११ः२० बजेको उडानमार्फत् चीन प्रस्थान गर्नुभएको हो ।

गृहमन्त्री श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङसहित नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले विमानस्थलमा बिदाइ गर्नुभयो ।

आज उहाँ ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुने कार्यतालिकामा छ । उक्त मेलाको उद्घाटन गरी दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

आजै साँझ उहाँ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजमा सहभागी हुनुहुनेछ । उहाँले शुक्रबार सिचुवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । उहाँले त्यहाँ अध्ययनरत चिनियाँ, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन गर्ने बताइएको छ ।

ADVERTISEMENT

त्यसपछि उहाँले विश्वविद्यालयको हाइड्रोलिक्सु र माउन्ट रिभर इन्जिनियरिङु प्रयोगशालाको अवलोकन गर्ने तालिका छ । शनिबार भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित हाइड्रो जक्सन, दुजियाङ्गानस्थित चीनकै पुरानो सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत् बिहान उहाँ स्वदेश फर्किनुहुनेछ ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको भ्रमण दलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अंगरक्षक बाबुराम खरेल रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *