काठमाडौं । सरकारले सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले रास्कोट नगरपालिका-६ कालीकोट, नरहरिनाथ गाउँपालिका-२ कालीकोट, राप्तीसोनारी गाउँपालिका-४ बाँके, रम्भा गाउँपालिका-३ पाल्पा, शीतगंगा गाउँपालिका-१३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका-५ पर्सा र महागढीमाई नगरपालिका-५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै, बैठकले राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदूरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
मन्त्री शर्माले अहिले सरकार ढल्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा शर्माले सरकार ढल्ने विषय अफवाह रहेको दाबी गर्नुभयो । सरकारकी प्रवक्तासमेत रहनुभएकी शर्माले सरकार ठिक ढंगले चलिरहेको र सुशासनको पक्षमा काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘किन ढल्ने सरकार ? सरकार ढल्नुपर्ने कुनै कारण छैन । सरकारले राम्रोसँग काम गरिरहेको छ । सरकार ठिक ढंगले चलिरहेको छ । सुशासनको पक्षमा काम गरिरहेको छ । सबै कुरा व्यवस्थित रूपमा भइरहेको अवस्थामा कतै सरकार ढल्ने कुरा चलिरहेको छ भने त्यो अफवाह हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच