ज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन प्रदान

Read Time = 2 mins

काठमाडौं । ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत् रूपन्देहीको तिलोत्तमा १० शान्तिनगरस्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान गरेको छ । कृषि उत्पादकत्वमा अभिवृद्धि, सामूहिक कृषि प्रवद्र्धन र कृषकलाई धान रोप्नमा सहजता प्रदान गर्ने हेतुले अत्याधुनिक स्वचालित धान रोप्ने मेसिन खरिदका लागि बैंकले आर्थिक सहयोग गरेको हो ।

एक कार्यक्रमबीच ज्योति विकास बैंक बुटवल क्लस्टर कार्यालय प्रमुख कपिल न्यौपाने र बैंकका मणिग्राम शाखाका शाखा प्रबन्धक खगेन्द्र थापाले संयुक्तरूपमा संस्थाका अध्यक्ष घन सिंह पुनलाई धान रोप्ने मेसिन हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिर, विभिन्न स्थानीय निकायका पदाधिकारीलगायत स्थानीय कृषकको उपस्थिति थियो । धान रोप्ने मेसिन प्रयोगमा आएसँगै संस्थामा आबद्ध एक सयभन्दा बढी कृषक परिवार प्रत्यक्षरूपमा लाभान्वित हुने बैंकले जनाएको छ ।

ADVERTISEMENT

आफ्नो खुद मुनाफाबाट नेपालमा सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हितलाई प्राथमिकतामा राखेको छ । बैंकले हाल १२१ शाखा, तीन विस्तारित काउन्टर तथा ७५ एटिएममार्फत् सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज