७४ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता

Read Time = 2 mins

काबुल । छिमेकी मुलुक इरानबाट पछिल्लो एक महिनामा ७४ हजारभन्दा बढी अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् । सरकारी समाचार संस्था बख्तरले सोमबार अफगानी अधिकारी र एक प्रतिवेदनलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरेको छ । इरानमा वर्षौंदेखि शरणार्थीका रूपमा बस्दै आएका ७४ हजार ३६ अफगानी शरणार्थीविगत एक महिनामा अफगानिस्तानको निमरोज प्रान्त हुँदै आफ्नो मातृभूमि फर्केका छन् र यो प्रक्रिया जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।

अफगानी सञ्चारमाध्यमका अनुसार अप्रिलको सुरुदेखि मे महिनाको मध्यसम्म ६४ हजार ११५ शरणार्थी अफगानिस्तान फर्केपछि पछिल्लो तीन महिनामा इरानबाट फर्केका शरणार्थीको संख्या एक लाख ३८ हजार १५१ पुगेको छ । इरानमा २५ लाखभन्दा बढी दर्ता भएका अफगानी शरणार्थीहरू बस्दै आएका छन् भने त्यति नै संख्यामा अफगानी शरणार्थी पाकिस्तानमा रहेका छन् ।

ADVERTISEMENT

अफगानिस्तानको कामचलाउ सरकारको नेतृत्व गरेको तालिवान समूहले विदेशमा रहेका अफगानी शरणार्थीलाई स्वदेश फर्कन र आफ्नो देशको पुनर्निर्माणमा योगदान गर्न आहृवान गर्दै आएको छ । रासस÷सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज