चेङ्दु । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मंगलबार बिहान पहिरोमा परी सातजनाको मृत्यु भएको छ । छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोऊ टाउनसिपमा पहिरो गएको काउन्टीको आपत्कालीन व्यवस्थापन ब्यूरोले जनाएको छ ।
मंगलबार बिहान १०ः३२ बजेसम्म पहिरोबाट प्रभावित नौ सयभन्दा बढीलाई स्थानान्तरण गरिएको थियो । चार सयभन्दा बढी उद्धारकर्मी बेपत्ताको खोजी कार्यमा संलग्न छन् । रासस/सिन्हृवा ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता