साउनमा ‘ए ढाक्रे दाई’

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘ए ढाक्रे दाई’ साउनमा दर्शकमाझ आउने भएको छ । करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको चलचि साउन ५ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको हो । निर्देशक निरंजन कसजू (माइला)ले जानकारी दिए ।

आफूले ६ दशकअघिको ऐतिहासिक विषयमा चलचित्र निर्माण गरेको कथाकार र निर्मातासमेत रहनुभएका निर्देशक निरंजन कसजू (माइला)ले बताउनुभयो ‘त्यतिबेला पहाडतिरबाट कयौं दिन हिँडेर ढाक्रेहरू बटौली बजार आउँथे र जडिबुटी, घ्यू, भटमास त्यहाँ बेचेर नुन, तेल, लत्ता कपडालगायत अत्यावश्यक सामाग्रीहरू किनेर लैजान्थे,’ निर्देशक कसजू भन्नुहुन्छ, ‘हाम्रा अग्रजहरूले खेपेको सोही दुःख, कष्टको जीवन भोगाइलाई चलचित्रमा प्रस्तुत गरेको छु ।’

ADVERTISEMENT

उहाँले तत्कालीन ऐतिहासिक ग्रामीण जीवनलाई अहिलेको पुस्ताले पर्दामा भए पनि हेरुन भनेर चलचित्र निर्माण गरेको बताउनुभयो ।
चलचित्रमा ध्रुव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतको अभिनय छ । सुमन थापाको छायांकन रहेको यो चलचित्रमा सुरेश सेञ्चुरीको संगीत, एन के एम र तेजप्रसाद पाण्डेको शब्द, लोकेन्द्र शाह र एन के एमको नृत्य निर्देशन छ । यूनिक मुभीजको प्रस्तुतिमा राजन कसजू सहनिर्माता रहेको चलचित्रको सम्पादन विजय पोखरेल र अर्जुन पोखरेलले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?