सुनको मूल्य बढ्यो

Read Time = 1 min

काठमाडौ । नेपाली बजारमा सोमबार पनि सुनको भाउ उकालो लागेको छ ।  सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

सोमबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ । आइतबार पनि तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज