काठमाडौं । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने बताउनु भएकाे छ ।
मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहहनुभएका भट्टराईले प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउनु पर्नेमा जोड दिनुभएकाे हाे ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिइरहनु भएका भट्टराइले यो नयाँ प्रस्ताव ल्याउनुभएकाे हाे । धेरैले उहाँले प्रचण्ड सरकार माथीको अबिश्वास जनाउँदै यो प्रस्ताव गरेको टिप्पणी गरेका छन् ।
'गत आम चुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण (turbulent) बन्दै जानु देश र जनताको निम्ति हितकर छैन,' उहाँले सामाजिक सञ्जालमा भन्नुभएकाे छ, 'विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब,राज्यका स्थायी अंगहरूको क्षयीकरण /भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुन सक्छन् ।'
'यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानूनमा आवश्यक सुधार, शान्ति प्रकृयाका बॉकी कामको समापन, थप जटील बन्दै गएको भू-राजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको संवोधन गर्दा ठीक होला किरु नत्र समयले कसैलाई नपर्खन सक्छ,' उहाँले भन्नुभएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच