शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मीको साथ

Read Time = 1 min

काठमाडौं । सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले ‘स्वस्थ मानसिकताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम’ भन्ने धारणा जनतासम्म पुर्‍याउन आयोजित आठौैँ मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा ८ र ९ गते काठमाडौंमा आयोजित आठौैँ मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई सफल बनाउन बैंकले प्रायोजन सहयोग गरेको जनाएको छ ।

ADVERTISEMENT

आयोजकका अनुसार नेपालजस्तो विकासशील राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले प्रतियोगिताको आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?