रुसमा पछि हट्यो निजी सैन्य सूमह वाग्नर, विद्रोह असफल

Read Time = 2 mins

मस्को । रुसमा निजी सैन्य समूह वाग्नरले गरेको सैन्य विद्रोह असफल भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देश गृहयुद्धमा जान लागेको भन्दै वाग्नर समूहलाई दबाउने बताए पनि कति बेला के हुने हो भन्ने अन्यौलका बीच बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोको मध्यस्थतामा वाग्नर समूह पछि हटेपछि सैन्य विद्रोह असफल भएको हो ।

वाग्नर समूहका प्रमुख प्रिगोझिनले आफ्ना सैनिकलाई क्याम्पमा फर्किन आदेश दिनुभएको छ । वाग्नर समूहले रोस्तोब र लिपेत्सेक शहरमा भने कब्जा जमाइरहेको छ । लिपेत्सेक शहर मस्कोबाट तीन सय किलोमिटर टाढा छ । वाग्नर प्रमुखमाथि रुसले लगाएका सबै आरोप फिर्ता लिने र उनलाई बेलारुसमा बस्न दिने सहमति भएको बताइएको छ । यद्यपि प्रिगोझिन मस्कोभित्रै रहनुभएको छ ।

ADVERTISEMENT

रुसको शासनमा २२ वर्षदेखि एकछत्र रहँदै आउनुभएका पुटिनले पहिलो पटक ठूलो खतराको सामना गर्नुपरेको हो । बख्तरबन्द गाडीसहित वाग्नर सेना अघि बढेपछि रुसी राजधानी मस्कोमा संकटकाल लगाइएको थियो भने रेड स्क्वायरलगायत स्थानमा सेना तैनाथ गरिएको थियो । युक्रेनको बाख्मत शहर कब्जा गर्न झण्डै नौ महिना लडेको वाग्नर समूह पछिल्लो समय पुटिनको व्यवहारबाट चिढिएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज