विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । बहाल तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत विशिष्ट व्यक्ति तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता बोलाइएको जानकारी दिनुभयाे ।

उहाँका अनुसार ३१६ सुरक्षाकर्मीमध्ये १९० नेपाल प्रहरी र १२६ सशस्त्र प्रहरी बलका रहेका छन् ।

ADVERTISEMENT

बैठकमा मन्त्री श्रेष्ठले सामन्तवादको अवशेषको रुपमा समाजमा मिटरब्याज प्रकरण रहेको बताउनुभएकाे छ ।

उहाँले विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अहिले संविधान कार्यान्वयनको चरण रहेको बताउनुभयाे ।

अहिले पनि समाजमा सामन्तवादको अवशेषको रुपमा रहेको मिटरब्याज प्रकरणको समस्या समाधान गर्न सरकार अघि बढेको उहाँले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *