काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार मटरकोशा प्रतिकेजी न्यूनतम मूल्य १८०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४५, घिउ सिमी राजमा ८०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४२, नेपाली गोलभेडा ठूलो ४०, टनेल गोलभेडा सानो ८, लौका ६० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ९०, कागती १५० रुपैयाँ,तोरीको साग रू ३०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १२०, अनार ४०० रुपैयाँ, किवि ७०० रुपैयाँ, अंगुर कालो ५५०, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३१५, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ७०, हरियो धनिया ९०, लोकल लीच्ची १००, खुर्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २००, छ्यापी सुकेको १२० मा कारोबार भइरहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts