जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, मस्यौद बिद्यान अनुमोदन गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को आज केन्द्रीय समितिको बैठक बस्दैछ ।

आइतबारदेखि सुरु हुने बिद्यान अधिवेसनको अन्तिम तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार आइतबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बिद्यान अधिवेसनमा प्रस्तुत हुने मस्यौदा बिद्यानलाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो । बैठकले केन्द्रीय समितिवाट मस्यौदा बिद्यान पारित गरे पछि बिद्यान अधिवेसनमा प्रस्तुत हुनेछ ।

ADVERTISEMENT

भोलिको बैठकमा केन्द्रीय कमिटीका ४१० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् । यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ ।

बिद्यान अधिवेसनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरि तयार पारिएको बिद्यान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?