काठमाडौं । आइएमई ग्रुपअन्तर्गतका केबुलकार कम्पनीहरू चन्द्रागिरि हिल्स, मौलाकाली केबुलकार र लुम्बिनी केबुलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई केबुलकारको टिकट मूल्यमा छुट दिने भएका छन् ।
शुक्रबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तीनवटै केबुलकार कम्पनीले छुट प्रदानसम्बन्धी सम्झौता गरेका हुन् । सम्झौताअनुसार सम्बद्ध प्रहरी तथा परिवारले टिकटमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
सम्झौतापत्रमा सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रवीण कँडेल र मौलाकाली तथा लुम्बिनी केबुलकार कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरि हिल्सका महाप्रबन्धक सञ्जीव थापाले हस्ताक्षर गरेका छन् ।






