काठमाडौं । कुमारी बैंकले काठमाडौं जोरपाटीस्थित सानो बजारका व्यवसायीका लागि क्युआर सुविधा ल्याएको छ । आफ्नो मोबाइल फोनबाटै सहजरूपले भुक्तानी गर्न सकिने क्युआर सुविधा सानो बजारका लागि सहज कारोबारको विकल्प बन्ने बैंकले विश्वास लिएको छ ।
क्युआर सुविधालाई टेवा पुर्याउन र डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न बैंकले सानो बजारमा निःशुल्क वाईफाई सुविधासमेत उपलब्ध गराएको छ भने बिक्रेताको सुरक्षाका सिसी क्यामेरा पनि व्यवस्था गरेको छ ।
उद्घाटन समारोहमा सांसद सन्तोष चालिसे, शान्ति श्रेष्ठ तथा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा, वडा ५ का अध्यक्ष नारायणबहादुर सुवेदी, वडा ६ का अध्यक्ष नवराज लामा, पूर्वसांसद कृष्ण राई तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश अर्याललगायतको उपस्थिति रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements