सुनसरी । समृद्धि फाइनान्स कम्पनीले १२औँ शाखा सुनसरीको मधुवनमा विस्तार गरेको छ । शुुक्रबार बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुदीप घिमिरेले संयुक्तरूपमा शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कम्पनीका शाखा प्रबन्धक केशव पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडी, नगरपालिका वडा ११ का पूर्ववडाध्यक्ष केदार विष्ट, मधुप्रकाश दुग्ध सहकारीका अध्यक्ष डिल्लीप्रसाद बास्तोलालगायतको उपस्थिति रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements