धादिङको गल्छीमा बस दुर्घटना हुँदा एकको मृत्यु, १९ जना घाइते

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा भारतको राजस्थानकी १२ वर्षीय कल्पना पारिकको मृत्यु भएको हो ।

दुर्घटनामा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । आज बिहान काठमाडौंबाट राजस्थान तर्फ जाँदै गरेको एआर ०६ इ ७०३१ नम्बरको बस धादिङको गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको मिश्रले जानकारी दिनुभयो ।

ADVERTISEMENT

घाईतेहरुको गल्छी अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *