काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार लोकल बन्दा सबैभन्दा सस्तो ९ रुपैयाँ ६० पैसा पर्नेछ भने किवि सबैभन्दा महङ्गो रहेको छ । यो दिन कालीमाटीमा किविको मूल्य प्रतिकेजी ७५० रुपैयाँ रहेको छ । त्यस्तै, आभोकाडो प्रतिकेजी ६५० रुपैयाँ र टनेलको गोलभेडा सस्तो प्रतिकेजी १२ रुपैयाँ ८० पैसा तोकिएको छ ।
ठूलो नेपाली गोलभेडा, हाइब्रीड काक्रो र झिगूनी प्रतिकेजी ४५ रुपैयाँ, भारतीय गोलभेडा, परवर र हरियो खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ५० पैसा तोकिएको छ भने भारतीय रातो आलु, रायोको साग, लाम्चो फर्सी र लाम्चो भन्टा प्रतिकेजी ३५ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४८ रुपैयाँ ८० पैसा, लोकल गाजर ११५ रुपैयाँ, स्थानीय काउली, तने बोडी र भिण्डी ८५ रुपैयाँ कायम गरिएको छ ।
स्थानीय ज्यापु काउली प्रतिकेजी ११५ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँ, लोकल घिउ सिमी ६५ रुपैयाँ, राजमा घिउ सिमी ७६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ८६ रुपैयाँ ६७ पैसा, भटमासकोशा ११० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा कायम भएको छ।
यस्तै, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, सलगम ७६ रुपैयाँ ६७ पैसा, सखरखण्ड ७५ रुपैयाँ, हरियो प्याज ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३२० रुपैयाँ, कुरीलो २७५ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ८६ रुपैयाँ ६७ पैसा र चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २३५ रुपैयाँ र पुदीना १३५ रुपैयाँ तोकिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts