काठमाडौं । केटिएम सिटीले ‘समर क्लियरेन्स सेल अफर’ ल्याएको छ । समर सिजनलाई लक्षित गर्दै केटिएम सिटीले ल्याएको समर क्लियरेन्स सेल अफरमा ९० रुपैयाँमा केटिएम सिटीका कपडा खरिद गर्न सकिनेछ ।
९० रुपैयाँबाट सुरु हुने अफर सीमित अवधिका लागिमात्र लागू हुने कम्पनीले जनाएको छ । नेपाली ब्राण्ड केटिएम सिटीले सुलभ मूल्यमा गुणस्तरीय कपडा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराउँदै आएको छ । केटिएम सिटी नेपालसहित भारत, क्यानडामा समेत विस्तार भएको छ ।






