उपप्राध्यापक प्रेम चलाउनेद्वारा सर्वोच्चमा रिट दर्ता, बिहीबारलाई पेसी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । त्रिवि समाजशास्त्र संकायका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको छ ।

नेविसंघका विद्यार्थी नेताको सांघातिक आक्रमणबाट घाइते हुनुभएका चलाउनेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेकै बेला सरकारले मुद्दा फिर्ता लिएसँगै उहाँ सर्वोच्च पुग्नुभएको हो ।

चलाउनेले दिएको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्दै बिहीबारका लागि पेशी तोकेको छ।

ADVERTISEMENT

यसअघि सरकारले त्रिभुवन विश्वविधालयका उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्ध दर्ता भएको मुद्धा फिर्ता लिने निर्णय गरेको थियो। उहाँले सोमबारदेखि त्रिवि परिसरमा आमरण अनसन सुरु गर्नुभएको थियो ।

चलाउनेमाथि आक्रमण गर्ने विद्यार्थीलाई उन्मुक्ति दिनेगरी सरकारले मुद्दा फिर्ताको निर्णय गरेपछि सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?